इन्डोनेसियाको सुलाबेसी बजार आफ्नो क्रूरताका कारण दिनप्रतिदिन बदनाम हुँदै गएको छ । यस बजारमा कुकुरलगायतका जनावरमाथि हुने क्रूर व्यवहारका विचलित तुल्याउने भिडियो फुटेज तथा तस्बिरहरू सामाजिक सञ्जालमा भाइरल बनेपछि सुलाबेसीको बदनामी अरू चुलिएको हो । यस बजारमा मासुका लागि कुकुरलाई ज्युँदै आगोको रापमाथि सेकाउने, लठ्ठीले टाउकोमा हिर्काएर तड्पाइतड्पाई मार्ने गरिन्छ । कुकुरका अलावा उक्त बजारमा…