‘गुलाफसँगको प्रेम’मा संगीता स्वेच्छा

नयाँ पुस्ताका साहित्यप्रेमीहरूका लागि सर्जक संगीता ‘स्वेच्छा’को नाम नवीन या नौलो नै लाग्न सक्छ । अझ नामको अघिल्तिर ‘डा.’ थपिएर प्रकाशित भएको कृतिले त पोख्त वा पारखी पाठकहरूसमेतलाई अलमल्याउन सक्छ । तर, अढाइ दशकभन्दा अघिदेखि साहित्य सिर्जनामा लागिपरेको स्रष्टाको नाम हो– संगीता स्वेच्छा; जो बेलायतको सर्रे युनिभर्सिटीबाट वातावरण सञ्चारमा विद्यावारिधिको उपाधि हासिल गरेपछि डा. संगीता…