हाम्रो नेपालमा !

– नरेन्द्र भट्टराई भ्रष्टाचारी जाग्दा छन्, इमानदारी भाग्दा छन्, हाम्रो नेपालमा ! शक्त देश छाड्दा छन्, अशक्त देश भाँड्दा छन्, हाम्रो नेपालमा ! एउटा भाषण छाँट्दा छन्, अर्को पसिना काड्दा छन्, हाम्रो नेपालमा ! पढाइ एउटा गर्दा छन्, जागिर अर्को भर्दा छन्, हाम्रो नेपालमा ! नेतालाई गाली गर्दा छन्, चुनावमा भोट हाल्दा छन्, हाम्रो नेपालमा…