आश्विन शुक्ल षष्ठी : दुर्गा पक्षको आज सातौँ दिन

दुर्गा पक्ष अर्थात् नवरात्रको सातौँ दिन आज (१२ असोज) दशैंघर वा पूजा कोठामा नौ दुर्गामध्येकी छैटौँ कात्यानी देवीको विधिपूर्वक पूजा आराधना गरिँदै छ । प्रत्येक वर्ष आश्विन शुक्ल षष्ठी अर्थात् दुर्गा पक्षको छैटौँ दिन कात्यानी देवीको विधिपूर्वक पूजा आराधना गर्ने वैदिक सनातनी परम्परा छ । तर यस वर्ष भने चौथी तिथि वृद्धि भई बिहीबार शुक्रबार…