राज्यस्तरबाट योगमायाको मूल्याङ्कन माग

श्याम रिमाल, काठमाडौं विसं २०७०–७१ मा सरकारले ल्याएको ‘योगमाया आयुर्वेद विश्वविद्यालय’बाटै सो नाम र उनले गरेको समाज सुधारका कामबारे धेरै नेपाली जनताले भेउ पाइसकेको हुनुपर्छ । त्यसमाथि विसं २०७४ मा प्रकाशित साहित्यकार नीलम कार्की निहारिकाकृत ‘योगमाया’ उपन्यासले साहित्यमा नेपालको प्रतिष्ठित ‘मदन पुरस्कार’ नै पाएपछि अझ बढी प्रचारप्रसार भई सर्वसाधारणले उनको खास योगदानबारे बुझेकै हुनुपर्छ ।…