‘संस्कृत भाषा हटाएपछि मौलिक संस्कृतिमाथि आक्रमण’

नेपाल संस्कृत विश्वविद्यालयका उपकुलपति प्राडा धनेश्वर नेपालले विद्यालय तहमा पढाइ हुने संस्कृत भाषा हटाएपछि मौलिक संस्कृतिमाथि आक्रमण सुरु भएको बताउनुभएको छ । महाशिवरात्रिका अवसरमा पशुपति क्षेत्रमा आयोजित ‘वैदिक वाङ्मयमा भक्तिमार्ग’ विषयक अन्तरगुरुकूल विद्यालयस्तरीय विचार मन्थन प्रतियोगिताका विजयीलाई पुरस्कार एवं प्रमाण पत्र वितरण गर्दै उहाँले संस्कृतिको मूल संस्कृत भाषा भएको बताउनुभयो । मूललाई नाश गरेपछि त्यसको…