कवि देवकी अभिलाषीको आदिवासी भोक लोकार्पण

कवि देवकी अभिलाषीको कविता सङ्ग्रह ‘आदिवासी भोक’ लोकार्पण भएको छ । नेपाल प्रज्ञा प्रतिष्ठान, कमलादीमा प्रज्ञा प्रतिष्ठानका कुलपति भूपाल राईसहित कवि उषा शेरचन, समालोचक कुमारी लामा, पत्रकार राजकुमार बानियाँले कृति लोकार्पण गरेका हुन् । लोकार्पण गर्दै कवि तथा नेपाल प्रज्ञा प्रतिष्ठानका कुलपति भूपाल राईले कविता शास्त्र र दर्शन नभएको तर विचार भएको विधा बताए ।…