नवलपुरमा धार्मिक पर्यटन विकास समिति बन्ने

नवलपुर जिल्लाको धार्मिक पर्यटनको विकास गर्नका लागि धार्मिक पर्यटन विकास समिति बन्ने भएको छ । जिल्ला समन्वय समिती (जिसस) नवलपुर को आयोजनामा बिहीबार कावासोतीमा आयोजित भेलाले धार्मिक पर्यटन विकास समिति बनाउने निर्णय गरेको जिसस प्रमुख बाबुराम बिश्वकर्माले बताए । 'जिल्लास्थित सबै धाम, मन्दिर, मस्जिद , गुम्बा र चर्चका प्रतिनिधिहरु संग बृहद् छलफल गर्‍यौं, अब सबै…