स्वर्णद्वार तथा भक्तपुर तलेजु सर्वसाधारणका लागि खुला

बन्द भएको ३० महिनापछि भक्तपुरको प्रसिद्ध स्वर्णद्वार र तलेजु सर्वसाधारणका लागि खुला गरिएको छ । कोभिड–१९ को महामारीका कारण २०७६ चैतदेखि सर्वसाधारणका लागि बन्द भएको भक्तपुरको दरबार स्क्वायरस्थित स्वर्णद्वार र त्यसभित्रको भक्तपुर तलेजु आजदेखि सर्वसाधारणका लागि खुला गरिएको भक्तपुर तलेजुका मूल नाइके नरेन्द्रप्रसाद जोशीले जानकारी दिनुभयो । उहाँले भन्नुभयो, 'कोरोना भाइरस सङ्क्रमण सुरु भएपछि भाइरसको…