✍ नेत्र सुवेदी ‘प्रयास’ 'कति सुन्दर र विशाल छ रारालोभ्याउँछ यसले संसार सारामर्दछन् थकाई अनि बेचैनीहराउँछन् दुःख चिन्ता सारानेपालकै आकृतिमा फैलिएको छ हेरप्रकृतिको अनुपम उपहार रारा' राराको नाम सुन्नेबित्तिकै जो कोहीको मन फरुङ्ग हुन्छ भने त्यहाँ पाइला टेक्दा स्वर्गको परिकल्पना साक्षात् भेटेजस्तै अनुभूत हुन्छ । यहाँको प्रकृतिले हरेकलाई आ-आफ्नो अन्तःस्करणबाट अनेक भावना उद्वेलित गर्दछ ।…