प्रधानमन्त्री प्रचण्ड नेतृत्वको मन्त्रिमण्डलमा तीन जना मन्त्री थपिएका छन् । राष्ट्रपति रामचन्द्र पौडेलले प्रधानमन्त्रीको सिफारिसमा कानुन, न्याय तथा संसदीय मामिलामन्त्रीमा धनराज गुरुङ, स्वास्थ्य तथा जनसङ्ख्यामन्त्रीमा मोहनबहादुर बस्नेत र युवा तथा खेलकुदमन्त्रीमा डिगबहादुर लिम्बुलाई नियुक्त गरेका हुन् । गत पुस ११ गते गठित मौजुदा मन्त्रीपरिषदमा नेपालको संविधानअनुसार प्रधानमन्त्रीको सिफारिसमा राष्ट्रपतिले बस्नेत, गुरुङ र लिम्बुलाई नियुक्त गरी…