युक्रेनको राजधानी किभबाहिर एउटा किन्डरगार्टेननजिकै हेलिकप्टर दुर्घटना हुँदा युक्रेनका गृह मन्त्रीसहित १६ जनाको मृत्यु भएको छ । दुर्घटनामा मृत्यु हुनेमा अन्य दुई बालबालिका पनि छन् । घटनालगत्तै अनलाइनमा प्रसारित एउटा भिडियोमा आगलागीले जलेको हेलिकोप्टरभित्रबाट चित्कार सुनिएको जनाइएको छ । दुर्घटनाको कारणबारे तत्काल कुनै विवरण आउन सकेको छैन । दुर्घटनामा १६ जनाको मृत्यु भएको प्रहरीले पुष्टि…