सत्ता-गठबन्धनको भविष्यलाई लिएर अझै काङ्ग्रेस सभापतिसमेत रहेका प्रधानमन्त्री देउवाभित्र कतिपय संशय कायम रहेको बुझिन्छ । राजनीतिक जीवनमा यदाकदा मात्र ‘मौका’ आउँछ, तर अवसर चिनेर उपयोग गर्न सक्नेहरू मात्र सफल ठहरिन्छन् भन्ने भनाइ छ, अब ‘गठबन्धन’को चिन्ता छोडेर मुलुकको अस्थिर राजनीतिलाई ‘लिक’मा ल्याउने प्रयत्नमा उनले आफूलाई केन्द्रित गर्नुपर्छ । आमसरोकार र विवादको विषय बन्दै आएको एमसीसी…