प्रतिनिधिसभाको आजको बैठक पनि प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले)को अवरोधका कायमै राख्दा सुचारु हुन सकेको छैन । बैठक प्रारम्भ हुनासाथ सदाझैँ प्रतिपक्षी दल एमालेका सांसदले रोष्ट्रम घेराउ गर्दै नाराबाजी गरेका थिए । बैठकमा सभामुख अग्निप्रसाद सापकोटाले बैठक अवरुद्ध नगरी सदनको काम कारबाही अघि बढाउने सन्दर्भमा सहयोग गर्न आग्रह गरे । अदालतमा विचाराधीन विषयमा सदनमा छलफल…