नेकपा (माओवादी केन्द्र)ले प्रधानमन्त्री शेरबहादुर देउवालाई विश्वासको मत दिने निर्णय गरेको छ । सिंहदरबारस्थित दलको कार्यालयमा आज बसेको सो पार्टीको संसदीय दलको बैठकले प्रधानमन्त्री देउवालाई विश्वासको मत दिने निर्णय गरेको हो । माओवादी दल त्याग गरेका रामबहादुर थापालगायत र मतदान गर्न नपाउने सभामुख अग्नि सापकोटालाई छोडेर यतिबेला माओवादी केन्द्रका ४८ जना सांसद रहेका छन् ।…