सङ्क्रमण बढ्दै गए परिस्थितिअनुसार निर्णय लिइने स्वास्थ्य मन्त्रालयको प्रष्टोक्ति

पछिल्ला दिन कोरोनाको संक्रमण पुनः बढ्न थालेको छ । छिमेकी देश भारतमा संक्रमणको दर बढेपछि नेपालमा त्यसको प्रत्यक्ष प्रभाव पर्न सक्ने आँकलन गर्दै सीमानाकामा कडाई गर्नुपर्ने आवाजहरु उठेका छन् । यसै क्रममा कोभिड–१९ को सङ्क्रमण बढ्दै गएमा परिस्थितिअनुसार नीतिगत निर्णय गरेर अगाडि बढ्ने सरकारी धारणा सार्वजनिक गरिएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले बुधबार गरेको…