विद्युत् कटौती हुने सम्भावना नरहेको प्राधिकरणको प्रष्टोक्ति

नेपाल विद्युत् प्राधिकरणले प्राविधिक कारण बाहेक अन्य कुनै पनि रुपमा विद्युतमा समस्या नभएको प्रष्टिकरण दिएको छ । बिना जानकारी राजधानी काठमाडौंलगायत देशका विभिन्न स्थानमा जथाभावी बिजुली काटिन थालेपछि जनआक्रोश बढ्दै गर्दा प्राधिकरणले यस्तो जानकारी सार्वजनिक गरेको हो । प्राधिकरणले तीन वर्षअघिदेखि नै विद्युतभार कटौतीको अन्त्य भइसकेको र फेरि पनि त्यो अवस्था नआएको जनाएको छ ।…