नेपाली सेनाका सकल दर्जामा ह्वात्तै बढ्यो कोभिड-१९ सङ्क्रमितको सङ्ख्या

संयुक्त राष्ट्र सङ्घको आह्वानमा शान्ति स्थापना गर्न लिबियामा तैनाथ हुन जाने नेपाली सेनाका केही जवानमा कोरोना सङ्क्रमण पुष्टि भएपछि आज (२९ भदाौ) त्यसतर्फ जाने तयारीमा रहेको उडान स्थगन भएको छ । शान्तिस्थापनार्थ लिबिया जान लागेका ११६ शान्ति सैनिकमध्ये ३५ भन्दा बढीमा कोभिड–१९ पोजेटिभ देखिएपछि आजका लागि तय भएको उडान स्थगन भएको नेपाली सेनाले जनाएको छ…