प्रधानमन्त्रीको भारत भ्रमण र अपेक्षा

सत्तासीन भएको लगभग अढाइ महिनापछि प्रधानमन्त्री शेरबहादुर देउवाको पहिलो विदेश भ्रमण छिमेकी मित्रराष्ट्र भारतबाट हुन लागेको छ । भ्रमणको चर्चा निकै अघिदेखि चले पनि प्रधानमन्त्री देउवाको भारत भ्रमणको औपचारिक कार्यक्रम हतारमा तय भएको छ भने आलोचकहरूले पहिलो भ्रमण भारतबाटै गरेर शेरबहादुर देउवाले पनि दक्षिण छिमेकीप्रतिको समर्पणभाव प्रकट गरेको आरोप पनि लगाएका छन् । बाढी–पहिरोले मुलुक…