पूर्वसभामुख ढुंगानाको उम्मेदवारीले भक्तपुर २ चर्चामा

नेपाली काँग्रेसले पूर्वसभामुख दमननाथ ढुंगानालाई भक्तपुरको क्षेत्र नं २ बाट प्रतिनिधिसभा निर्वाचनमा उम्मेदवार बनाए पछि सो क्षेत्र अहिले चर्चामा रहेको छ । भक्तपुरवासीले उनको मनोनयनलाई जिल्लाको प्रतिष्ठाका रुपमा लिएका छन् । प्रतिनिधिसभाका पूर्व सदस्य रामेश्वर ढुंगेल, लेखनाथ न्यौपाने, काँग्रेसका पार्टी जिल्ला सभापति दुर्लभ थापा, पूर्वनगरप्रमुख मदन कृष्ण श्रेष्ठले उनको उम्मेदवारीबाट भक्तपुर जिल्लाको प्रतिष्ठा बढेको बताए…