प्रसाईंमाथि अनुसन्धान गर्न अदालतले दियो १२ दिनको म्याद

काठमाडौंको तीनकुने घटनामा मुछिएका मेडिकल व्यवसायी दुर्गा प्रसाईंमाथि अनुसन्धान गर्न काठमाडौं जिल्ला अदालतले प्रहरीलाई १२ दिनको म्याद दिएको छ । झापाको भद्रपुरबाट शुक्रबार काठमाडौं ल्याइएका प्रसाईंलाई काठमाडौं जिल्ला अदालतमा पेस गरिएकामा अदालतका न्यायाधीश शिशिरराज ढकालको इजलासले उनमाथि अनुसन्धान गर्न प्रहरीलाई १२ दिनको म्याद दिएको हो । अदालतका सूचना अधिकारी दीपककुमार श्रेष्ठले जानकारी दिएअनुसार सोही इजलासले…