इजरायली हवाई आक्रमणले गाजा सिटीको शुजैय्या क्षेत्रमा २९ जना प्यालेस्टिनी नागरिकको मृत्यु भएको छ भने ५० भन्दा बढी घाइते भएका छन् । यसैगरी, भग्नावशेषमा केही मानिसहरू फसेका गाजा सिभिल डिफेन्सले जनाएको छ । गाजा सिभिल डिफेन्सका प्रवक्ता महमूद बसलले उद्धार टोलीहरूले भग्नावशेषमा फसेका जीवित र मृतकहरूलाई निकाल्ने काम गरिरहेका बताएका छन् । आक्रमणमा आठ वटा…