कास्कीको सूर्यदर्शन सहकारीको बचत रकम अपचलन मुद्दाका आरोपी राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेसहित सात प्रतिवादीहरूको थुनछेक बहस जिल्ला अदालत कास्कीमा जारी छ । गत शुक्रबारदेखि सुरु भएको प्रतिवादीतर्फका कानुन व्यवसायीको बहस आज (२१ पुस) पनि जारी रहने अदालतका श्रेस्तेदार राजन खनालले जानकारी दिएका छन् । प्रतिवादी लीला पछाईं र छविलाल जोशी पक्षका कानुनी व्यवसायीहरूले…