कल सेन्टरमा सिआइबीको छापा, अनलाइन जुवा खेलाएको अभियोगमा ५३ जना पक्राउ

नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सिआइबी)ले सातदोबाटोस्थित एक कल सेन्टरमा छापा मारेर दुई भारतीयसहित ५३ जनालाई अनलाइन जुवा खेलाएको अभियोगमा पक्राउ गरेको छ । सिआइबीका प्रवक्ता प्रहरी उपरीक्षक होविन्द्र बोगटीका अनुसार उनीहरुलाई ‘अनलाइन क्यासिनो’ खेलाएका अभियोगमा पक्राउ गरिएको हो । हाल अनुसन्धान जारी रहेको तथा आज (२३ पुस) अदालतबाट म्याद लिएर थप अनुसन्धान गरिने उनले…