‘अराजक गतिविधि मौलाउन दिइन्नँ’ : प्रधानमन्त्री ओली

प्रधानमन्त्री केपी शर्मा ओलीले अराजकता तथा साम्प्रदायिक विद्वेष फैलाउने प्रयास भइरहेकाले त्यस्ता क्रियाकलापलाई मौलाउन नदिइने स्पष्ट गर्नुभएको छ । मातातीर्थस्थित सशस्त्र प्रहरी बल प्रतिष्ठानमा आज (१३ कात्तिक) भएको सिसं-१६, सशस्त्र प्रहरी निरीक्षक आधारभूत तालिमको दीक्षान्त समारोहमा उहाँले कानुन विपरीत क्रियाकलाप हुन नदिने बताउनुभयो । दीक्षितहरूलाई राष्ट्रको शान्तिसुरक्षामा समर्पित हुने ध्येयका साथ सेवा प्रवेश गरी तालिम…