कलैया उपमहानगरपालिका-१४ (बारा) निवासी २६ वर्षीया सृष्टि यादव शुक्रबार भरतपुर महानगरपालिका-२९ सिमलतालमा पहिरामा परी त्रिशूलीमा खसेका बससँगै बेपत्ता हुनुहुन्छ । रेडियोग्राफीको तालिमपछि पर्साको सखुवा प्रसौनी गाउँपालिकामा रेडियोग्राफरका रूपमा कार्यरत उहाँ परिवारको सहारा हुनुहुन्थ्यो । जागीरे भए पनि उहाँ सन्तुष्ट हुनुहुन्थेन, त्यसैले थप कमाइका लागि विदेश जान भनेर उहाँ परीक्षाका लागि काठमाडौं जाँदै हुनुहुन्थ्यो तर काठमाडौ…