राष्ट्रपति बाइडेनको उमेर र मानसिक तीक्ष्णताको बारेमा थप चिन्ता अमेरिकी राष्ट्रपति जो बाइडेनले बिहीबार (११ जुलाई) नाटो शिखर सम्मेलनमा युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीलाई गल्तीले रूसी नेता भ्लादिमिर पुटिनको रूपमा परिचय गराएका छन् । तथापि, आफ्नो बोली चुक्नेवित्तिकै ८१ वर्षीय राष्ट्रपतिले तुरुन्तै आफूलाई सच्याएका थिए । राष्ट्रपति जेलेन्स्कीले यसको प्रतिक्रियामा आफू पुटिनजस्तो नभइ एक ‘असल’ युक्रेनी…