चुनाव सकेसँगै यार्सा टिप्न लेक उक्लिए मनाङी

मनाङमा स्थानीय तहको निर्वाचनको मतदान र मतगणना कार्य सकिएको छ । यहाँको चार स्थानीय तहमा नयाँ जनप्रतिनिधि आइसकेका छन् । मनाङमा ३१ वैशाखमै चार वटै स्थानीय तहको मत परिणाम आइसकेको छ । तर, मनाङवासीलाई भने स्थानीय तहको निर्वाचनसँगै औषधिजन्य जडिबुडी यार्सागुम्बा संकलनको चटारो परेको छ । उनीहरु मतदान सकिएपछि यार्सागुम्बा टिप्न मनाङका लेकमा पुगेका छन्…