सरकारले आज (१५ जेठ) सङ्घीय संसद्को संयुक्त बैठकमा आर्थिक वर्ष २०८१/०८२ को नेपाल सरकारको राजस्व र व्ययको वार्षिक अनुमान (बजेट) पेस गरेको छ । अर्थमन्त्री वर्षमान पुनद्वारा प्रस्तुत बजेटमा आगामी आर्थिक वर्षलाई आर्थिक सुधारको वर्षका रुपमा घोषणा गरिएको छ । बजेटमा कृषि, ऊर्जा, सूचना प्रविधि, पर्यटन, उद्यमशीलता प्रवर्द्धन, सामाजिक सुरक्षालगायत क्षेत्रलाई प्राथमिकता दिइएको छ ।…