सगरमाथा आरोहणका क्रममा केन्याली नागरिकको मृत्यु

सगरमाथा आरोहणका क्रममा केन्याका ४० वर्षीय नागरिक ‘जोसुआ चेरियटको किरुईको’को मृत्यु भएको छ । पर्यटन विभागका अनुसार बिनाअक्सिजन सगरमाथा आरोहणको क्रममा ४० वर्षीय जोसुआको मृत्यु भएको हो । बुधबार राति सगरमाथा चुचुरो नजिकै (८,८३० मिटर) उनी मृतावस्थामा भेटिएका थिए । मे १८ तारिखका दिन नेपाली गाईड सोलुखुम्बुका ङवाङ शेर्पाका साथ विनाअक्सिजन जोसुआ सगरमाथाको आधारशिविरबाट दोस्रो…