महिला, बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री भगवती चौधरी र माल्दिभ्स, नेपाल र श्रीलङ्काका लागि विश्व बैंकका राष्ट्रिय निर्देशक फारिस हदाद-जेर्भोसले संयुक्त रूपमा लैङ्गिक हिंसाविरुद्धको प्रतिकार्य आयोजना आरम्भ गरेका छन् । त्रिवर्षीय यो आयोजनाले कोशी र लुम्बिनी प्रदेशका ६ वटा नगरपालिकामा कानुनी सहायता, मनोसामाजिक परामर्श र चिकित्सा सहायताजस्ता लैङ्गिक हिंसाविरुद्धको बहुक्षेत्रीय प्रतिकार्य सेवाहरूमा महिला तथा बालिकाको पहुँच…