नेपाली भूभागसमेत समेटेर बेग्लै सभ्यताको नाममा एउटा नयाँ ‘भूगोल’ अस्तित्वमा ल्याउने योजनाबद्ध तयारी भएको छ । मान सरोवर र कैलाश क्षेत्रबाट उत्पत्ति भइ दक्षिण तथा पूर्व दक्षिण क्षेत्र भएर बग्ने नदीका दुई किनाराको सभ्यतालाई मानसखण्डी सभ्यताको नाममा प्रवर्द्धन गर्न खोजिएको हो । यस कार्यमा भारतीय पक्षको सक्रियता ज्यादा देखिएको छ भने नेपालभित्र पनि यसलाई स्थापित…