जनकपुरधाम, मलेसिया र खाडी मुलुकमा कार्यरत नेपालीमा मिर्गौलाको समस्या बढी हुनसक्ने सम्भावना रहेको धनुषाका दुई स्थानीय तहमा गरिएको एक अध्ययनले देखाएको छ । धनुषा जिल्लाको लक्ष्मीनिया गाउँपालिका र छिरेश्वरनाथ नगरपालिकामा बेलायतस्थित बर्नमथ विश्वविद्यालयको नेतृत्वमा गरिएको एक अध्ययनले नेपालमै बसोबास गर्नेभन्दा खाडी मुलुक र मलेसियामा काम गरेर फर्किएका आप्रवासी नेपालीमा मिर्गौला समस्या बढी हुनसक्ने सम्भावना रहेको…