यातायात व्यवस्था विभागले ‘मास प्रिन्टर’ खरिद प्रक्रिया अघि बढायो

एकैपटक धेरै चालक अनुमतिपत्र छाप्ने उपकरण (मास प्रिन्टर) खरिदका लागि तयारी अघि बढाइएको छ । यसअघि बोलपत्र आह्वान गरिएकामा कसैको पनि आवेदन परेको थिएन भने यो पटक चार कम्पनीले आवेदन दिएका छन् । आवेदन परेकाहरूको मूल्याङ्कनको काम भइरहेको यातायात व्यवस्था विभागले जनाएको छ । सकेसम्म यो वर्ष नभए अर्काे वर्ष ‘मास प्रिन्टर’ खरिदका लागि ठेक्का…