बिमा प्राधिकरणका अध्यक्ष सूर्यप्रसाद सिलवालले वीमा कम्पनीहरू शहरकेन्द्रीतमात्र नभएर गाउँ-गाउँ पुग्न निर्देशन दिएका छन् । उनले गाउँ-गाउँ पुगेर नागरिकको विश्वास बढ्नेगरी व्यवसाय गर्न निर्देशन दिएका हुन् । रुपन्देहीको बुटवलमा लुम्बिनी प्रदेशस्थित बीमा कम्पनीका प्रदेश कार्यालय प्रमुखहरुसँग समसामयिक विषयमा गरिएको अन्तरकृयामा प्राधिकरण अध्यक्षले यस्तो निर्देशन दिएका हुन् । अध्यक्ष सिलवालले स्थानीय तहसँग नियमित रुपमा सम्पर्कमा रहेर…