यसरी गर्न सकिन्छ राष्ट्रवादी र राष्ट्रघातीको पहिचान

देवप्रकाश त्रिपाठी कुनै पनि मुलुकको राजनीतिमा सर्वाधिक प्रयोग हुने शब्द हुन् देशभक्ति र राष्ट्रवाद । हरेक देशका नागरिक आफूलाई देशभक्त र राष्ट्रवादी ठान्दछन्, यतिसम्म कि देशभक्ति र राष्ट्रवादको अर्थ नबुझ्नेहरू समेत आफू खाँटी देशभक्त र राष्ट्रवादी भएको दाबी गर्ने गर्दछन् । आफ्नो देश या राष्ट्रको स्मरणले हरेक मानिसलाई तरङ्गित गराउँछ र, राष्ट्रप्रतिको ममता नै राष्ट्रवाद…