मतदान : प्रवासी नेपालीको नैसर्गिक अधिकार

– विजय खड्का रोजगारी, शिक्षा, व्यापार तथा पारिवारिक कारणले प्रवासमा नेपालीको उपस्थिति उल्लेख्य मात्रामा रहेको छ । यससँगै उनीहरूको हक–अधिकारमा राज्यको जवाफदेहिताको सम्बन्धमा पनि बहस र छलफल प्रारम्भ भएको छ । मुलुकबाट ४० लाखभन्दा बढी ऊर्जाशील युवाशक्ति विदेशका विभिन्न १ सय २२ मुलुकमा कार्यरत रहेको आँकडा छ । वैदेशिक रोजगारी मुलुकको अर्थतन्त्रको एउटा खम्बा भए…