■ रामेश्वर राउत ‘मातृदास’ ‘भाषा’लाई सार्वभौमसत्ता सम्पन्न राष्ट्र र जनताको प्राण, मुटु र मेरूदण्ड मानिएको छ । जलचर, थलचर, नभचर, र उभयचर समेत यो सृष्टिमा चार चर रहेका छन् । यी चारैचरमा बसोबास गर्ने प्राणीहरूको संख्यालाई एकिन गर्न गणितलाई समेत हम्मे छ । यति धेरै सङ्ख्यामा रहेका प्राणीहरूमध्ये सर्वाधिक प्रभावशाली प्राणीको रूपमा मानवसमाज रहेको छ…