वामगठबन्धन ‘लचक’ – प्रदेश प्रमुखमा घम्साघम्सी नगर्ने

वाम गठबन्धनले प्रदेश मुकाम र प्रदेश प्रमुख नियुक्तिमा कांग्रेससँग ‘घम्साघम्सी’ नगर्ने भएको छ। सकभर सहमतिमै अस्थायी मुकाम तोक्ने र प्रदेश प्रमुख नियुक्तिका लागि प्रधानमन्त्री शेरबहादुर देउवालाई दबाब दिने तर कांग्रेसले आफूखुसी निर्णय लिन खोजे बाटो खोलिदिने रणनीति एमाले माओवादीले बनाएका हुन्। यो विकल्पमा एमाले माओवादी अध्यक्षकै तहमा र दोस्रो पुस्ताका नेताबीच पनि छलफल भएको स्रोतको…