शिर्ष नेताहरुलाई मोदीको फोन आएपछि तरंग

प्रदेश र प्रतिनिधिसभा निर्वाचन सम्पन्न भएको १५ दिनपछि भारतले औपचारिक रूपमा स्वागत गर्दै शीर्ष नेताहरूलाई बधाई दिएको छ । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले बिहीबार प्रधानमन्त्री शेरबहादुर देउवा, एमाले अध्यक्ष केपी ओली र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई बेग्लाबेग्लै टेलिफोन गरी बधाई दिएका हुन् । मोदीले ओलीसँग ‘भावी प्रधानमन्त्री’ का रूपमा कुराकानी गर्दै प्रधानमन्त्री भएपछि…