एमाले बागमती प्रदेशको अध्यक्षमा कैलाश ढुङ्गेल विजयी

नेकपा (एमाले)को प्रथम बागमती प्रदेश कमिटीको अधिवेशनले अध्यक्ष पदमा कैलाश ढुङ्गेल निर्वाचित भएका छन् । गए राति सार्वजनिक मत परिणामअनुसार रामेछापका ढुङ्गेलले ६ सय ९६ र प्रतिस्पर्धी मकवानपुरका कृष्णप्रसाद दाहालले चार सय ३९ मत प्राप्त गरेका छन् । निर्वाचनबाट उपाध्यक्षमा दावा दोर्जे लामा, सचिवमा नवराज सिलवाल, उपसचिवमा प्रेमकुमार महर्जन र भक्तकुमारी लामा छानिएका छन् ।…