काठमाडौँ, बागमती प्रदेश संसदीय दल नेकपा (माओवादी केन्द्र) ले उपनेता अझै पनि चयन गर्न सकेको छैन। दलको उपनेतामा आकांक्षीको संख्या धेरै भएका कारण दलले उपनेता चयन गर्न नसकेको हो। बागमतीका मुख्यमन्त्री समेत रहनुभएका संसदीय दलका नेता शालिकराम जमकट्टेलले उपनेताका आकांक्षी धेरै भएकाले सहमतिबाटै दलको उपनेता बनाउने प्रयास भईरहेकाले अलिकति ढिलो भएको बताउनुभयो। उहाँले अब केही…