लिपुलेक प्रकरणमा भारतीय प्रधानमन्त्रीको अभिव्यक्तिप्रति बोल्यो सत्तारुढ कांग्रेस

भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले ‘लिपुलेक क्षेत्रमा भारत सरकारले सडक बनाइरहेको’ भनेर केही दिनअघि एक कार्यक्रममा व्यक्त गरेको भनाइप्रति नेपाली कांग्रेसले ध्यानाकर्षण भएको जनाएको छ । 'लिपुलेक, लिम्पियाधुरा र कालापानी नेपाली भूमि हो र यसका सम्बन्धमा नेपाली कांग्रेसले विगतदेखि नै संस्थागत रूपले आफ्नो धारणा र अडान स्पष्ट रूपमा राख्दै आएको छ,' कांग्रेस महामन्त्रीद्वय विश्वप्रकाश शर्मा र…