एमसीसी अनुमोदन गराउन काङ्ग्रेस एकजुट : दोहोरो भूमिकामा प्रचण्ड

एमालेको चालबाजी बुझेर प्रचण्डले तत्काल एमसीसी अनुमोदनको प्रस्ताव संसदमा टेबुल मात्र गराएर अमेरिकालाई आश्वस्त तुल्याउने र आगामी निर्वाचनपछिको संसदबाट मात्र अनुमोदन गराउने प्रस्ताव प्रधानमन्त्री शेरबहादुर देउवासमक्ष राख्नुभएको थियो, तर देउवा प्रचण्डको प्रस्तावमा सहमत नहुनुभएको बताइन्छ । अमेरिकी सहायताको एमसीसी परियोजना संसदबाट अनुमोदन गराउन काङ्ग्रेस र माओवादीको नेतृत्वबीच विशेष समझदारी बनेपछि मुलुकको राजनीतिक स्थितिमा फेरबदल आउने…