कोशी सरकार उद्धव थापाको नेतृत्वमा निर्माण हुने शेखर कोइरालाको जिकिर

file photo नेपाली कांग्रेसका केन्द्रीय सदस्य डा. शेखर कोइरालाले कोशी प्रदेश सरकार उद्धव थापाकै नेतृत्वमा गठन हुने जिकिर गरेका छन् । आगामी सात दिनभित्र थापाकै नेतृत्वमा गठबन्धन सरकार निर्माण हुने उनको विश्वास छ । विराटनगर विमानस्थलमा शुक्रबार साँझ सञ्चारकर्मीसँग कुरा गर्दै नेता डा. कोइरालाले कामचलाउ मुख्यमन्त्रीको रुपमा रहेका थापा नेकां संसदीय दलका नेतासमेत रहेकाले आगामी…