नेकपा (विप्लव) का दुई कार्यकर्ता पक्राउ

कैलाली जिल्लाको घोडाघोडी नगरपालिका क्षेत्रबाट नेत्रविक्रम चन्द ‘विप्लव‘ समूहका दुई कार्यकर्तालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा उक्त समूहको नेकपा दलित मुक्ति मोर्चाका एरिया संयोजक टीबी लामिछाने भनिने टेकबहादुर विक रहेको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ । जिल्ला प्रहरी प्रवक्ता दक्षकुमार बस्नेतले दिएको जानकारीअनुसार विकसँगै पक्राउ परेका सोही ठाउँका दिनेश विकको उक्त समूहमा…