विरोधी कति दयनीय छन्, पानीमा जहाज चल्छ भन्ने पनि थाहा छैन : प्रधानमन्त्री

प्रधानमन्त्री केपी शर्मा ओलीले विकास निर्माणमा मुलुकले फड्को मारिसकेको बताउनुभएको छ । प्रेस सङ्गठनद्वारा आज (१२ पुस) काठमाडौंमा आयोजित ‘सञ्चारकर्मीसँग प्रधानमन्त्री’ कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले असाधारण ढङ्गले सरकारले नयाँ काम अघि सारेकाले विकासका काम तीव्र रुपमा अघि बढेकाले विरोधी अत्तालिएको बताउनुभयो । प्रधानमन्त्री ओलीले एउटा तप्का विकास निर्माणका काम हुन नदिइ विवाद निम्त्याउन उद्दत रहेको…