नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले पार्टीले १४औँ महाधिवेशनमा वडादेखि केन्द्रसम्म सक्षम नेतृत्व छान्नुपर्ने बताउनुभएको छ । कांग्रेस चन्द्रागिरि नगरसमितिद्वारा शनिबार काठमाडौंमा आयोजित एकदिने कार्यशाला गोष्ठीमा उहाँले कांग्रेसलाई भरपर्दो र बलियो पार्टी बनाउन वडा तहदेखि केन्द्रसम्म सक्षम नेतृत्व छान्नुपर्ने बताउनुभयो । 'विभिन्न पार्टीबाट कांग्रेस प्रवेश गरेका व्यक्तिलाई संस्थागतरूपमा नभई व्यक्ति विशेषले क्रियाशील सदस्यता सिफारिस गर्दा पार्टी…