प्रदेशदेखि जिल्लासम्म १० बुँदे प्रस्ताव कार्यान्वयन गर्न एमालेले खटायो नेता

प्रदेशदेखि स्थानीय तहसम्मका मातहतका कमिटीमा १०बुँदे प्रस्ताव कार्यान्वयन गर्नका लागि नेकपा (एमाले) ले पार्टीका नेतालाई जिम्मेवारी प्रदान गरेको छ । पार्टी अध्यक्ष केपी शर्मा ओलीद्वारा जारी अन्तरपार्टी निर्देशनमा प्रदेश, जिल्ला र सो मातहतका कमिटीमा १०बुँदे प्रस्ताव कार्यान्वयनका लागि सहजीकरण गर्न सातवटै प्रदेशमा पार्टीका नेतालाई जिम्मेवारी दिएको जनाइएको छ । एमालेले दिएको जिम्मेवारीअनुसार प्रदेश नं १…