एमालेबाट चोइटिएर नयाँ दल दर्ता प्रक्रियामा रहेको नेकपा (एकीकृत समाजवादी)का ५५ केन्द्रीय सदस्य र २९ सांसदले निर्वाचन आयोगमा बुधबार सशरीर उपस्थित भई दलको पक्षमा सनाखत गरेका छन् । सरकारले जारी गरेको राजनीतिक दलसम्बन्धी अध्यादेशका आधारमा आयोगले उक्त दलका केन्द्रीय सदस्य र सांसदलाई आवश्यक कागजातसहित बिहान ११ः३० देखि दिउँसो २ बजेसम्म सनाखतका लागि बोलाएको थियो ।…