संसद् अधिवेशन अन्त्य : नेताहरूको मिश्रित प्रतिक्रिया

रासस प्रकाश सिलवाल, काठमाडौं सर्वाेच्च अदालतको फैसलबाट दोस्रो पटक प्रतिनिधिसभा पुनःस्थापना भएपछि राजनीतिक क्षेत्रको अन्तरकलह र गतिरोध साम्य हुने ठानिए पनि सङ्घीय संसद्को चालू अधिवेशनले त्यसअनुसारको परिणाम दिन सकेको देखिएन । नेपाल सरकारको सिफारिशमा राष्ट्रपति विद्यादेवी भण्डारीबाट सोमबार राति १२ बजेदेखि लागू हुने गरी चालू अधिवेशन अन्त्य गरिएको जानकारी सोमबार प्रतिनिधिसभाको बैठकमा सभामुख अग्निप्रसाद सापकोटाले…